Loading...

intro- 2

साना किसान कृषि सहकारी संस्था लि. जब्दी हाल लालबन्दी नगरपालिका वडा नं. ४, जनकपुर अञ्चल सर्लाही जिल्लाको उत्तर मध्य भागमा अवस्थित रहेको छ । यस नगरपालिका को पूर्वमा इश्वरपुर नगरपालिका, पश्चिममा हरिऔन नगरपालिका, उत्तरमा सिन्धुली जिल्लाको मरिन ,दक्षिणमा हरिपुर नगरपालिका, हरु रहेका छन् । यस नगरपालिका मा पुरुष ३३०३५ महिला ३३३७६ गरी जम्मा ६६,४११ जनसंख्या रहेको छ । यहाँ बसोबास गर्ने कूल जनसंख्या मध्ये क्षेत्री, ब्राम्हण ४५ प्रतिशत रहेका छन् । चौधरी थारु ५ प्रतिशत, दलित ७ प्रतिशत र अन्य (तामाङ्ग मगर, कोईरी, साह, नेवार,आदि) ४३ प्रतिशत रहेका छन् । यस नगरपालिका मा बसोबास गर्ने कूल जनसंख्याको ९० प्रतिशत हिन्दु धर्म मान्दछन् भने १० प्रतिशत अन्य धर्म प्रति आस्था राख्दछन् । यहाँको मुख्य चाड पर्व मध्ये दशैं, दीपावली, छठ, फागु पूर्णिमा प्रमुख पर्वका रुपमा मानिन्छन् । यहाँको साक्षरता ७३।७ प्रतिशत रहेको छ । विकास निर्माणको दृष्टिले यस नगरपालिका मध्यम रुपमा रहेको देखिन्छ । नगरपालिका को सम्पूर्ण वडाहरुमा विद्युत ग्रावेल सडक, खानेपानी धारा (ट्यूवेल) रहेका छन् भने महेन्द्र राजमार्गसँग जोडिएको छ । शिक्षा क्षेत्रमा माध्यमिक विद्यालय, निम्न माध्यमिक र प्राथमिक ४८ वटा रहेका छन् । नगरपालिका कार्यालय, कृषि शखा, अतिरिक्त हुलाक, हेल्थ पोष्ट, दुग्ध संकलन केन्द्र र स्थानीय २५ वटा क्लबहरु रहेका छन् ।
    सहकारी सिद्धान्तहरुलाई आत्मसात गरी २६ जना शेयर सदस्यको अगुवाईमा कृषि विकास बैंक लि. साना किसान विकास आयोजना हरिपुरबाट २०५१ सालमा संस्थागत विकास कार्यक्रम लागु भई सहकारी ऐन २०४८ अनुसार जिल्ला सहकारी कार्यालय मलंगवामा मिति २०५२÷९÷१० मा संस्था दर्ता भई मिति २०५३÷३÷३० गते व्यवस्थापन हस्तान्तरण भएको थियो । यस साना किसान कृषि सहकारी संस्था लि. जब्दी (हाल लालबन्दी नगरपालिका वडा नं. ४) आफ्नै कार्यालय भवन रहेको छ ।
 

Vision

प्रविधीमा आधारित वित्तीय पहुँच अभिवृद्धि गर्दै संस्थागत सुशासन प्रर्वद्धन मार्फत
नयाँ पुस्ताको सहभागिता, सहकारी प्रतिको सदस्यको सन्तुष्टी र विश्वास अभिवृद्धि गर्ने

Mission

सर्वशुलव्, गुणस्तरीय र प्रविधियुक्त सेवाको माध्यम बाट सदस्यहरुको आर्थिक  तथा समाजिक स्तोरन्नती गर्ने 

Objectives
  • संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्वन पारस्पारिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
  • नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपहरुमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने ।
  • उत्पादनशील, आयमुलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने
  • आत्मनिर्भरता तथा आत्मविकास सम्बन्धि धारणाबारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
  • सदस्यहरुलाई आय आर्जन क्षमता वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
  • सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने किसिमका अन्य क्रियाकलाप संचालन गर्ने ।
  •  साधारण जनताको आर्थिक अवस्थाको बिकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुको पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
     
Affiliations

Affiliations